Logo

कोरोनाको महामारी : नेपाल सरकारलाई २ करोड सहयोग गर्ने पूर्वराजाको घोषणा



Spread the love

१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोष मार्फत नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमाल कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

आपत विपद र दुःख कष्टको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं,’ जारी सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्