Logo

पहिलो र दोस्रो विश्वयुद्धमा हुर्केका १०१ बर्षीय वृद्धले जिते‍ कोरोना विरुद्धको युद्ध



Spread the love

एजेन्सी । पहिलो र दोस्रो विश्वयुद्धमा हुर्केका इटालीका १०१ वर्षका एक वृद्ध कोरोना भाइरसबाट निको भएर घर फकेका छन् । उनी गत साता इटालीको रिमिनी सहरको एक अस्पतालमा कोरोना भाइरस संक्रमणको कारण भर्ना भएका थिए ।

‘मिस्टर पी’ नाम दिइएको उनि बिहीबार निको भएको द साइन्स टाइम्सले जनाएको छ । लिसीका अनुसार यो निकै असामान्य घटना हो । किनकी एक सय वर्ष पूरा भइसकेको मानिस पनि यो भाइरस लागेपछि निको हुन निकै कठिन हुन्छ । अहिले उनी कोरोना भाइरसबाट निको हुने इटालीको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्