Logo

कोरोनाबाट संक्रमित विदेशी कामदारको नि:शुल्क उपचार गर्न साउदी राजाको घोषणा



Spread the love

एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका स्थानीय नागरिकसहित विदेशी कामदारको निःशुल्क उपचार गर्न साउदी अरबका राजा सलमानले घोषना गरेका छन् । साउदीका स्वास्थ्य मन्त्री तवाफिक विन फवाजान अल रविआहले पत्रकार सम्मेलन गर्दै साउदी राजाद्वारा जारी गरिएको आदेशबारे जानकारी दिएका थिए ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबले सबैखालका कामदारका लागि समान नीति लिएको छ । ‘राजा सलमानको आदेशले गैरकानुनी हैसियतमा बसेका कामदारले समेत उपचार पाउने सुनिश्चित भएको छ’, साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने,‘स्वदेशी र विदेशी कामदारबीच साउदीले भेदभाव गरेको छैन ।’

नेपाली कामदारलाई अहिलेसम्म संक्रमण नदेखिएको राजदूत राजपुतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्