
१८ चैत, काठमाडौं । लकडाउनको अवधिमा भारतसँगको सीमामा दुईजना युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान निलम्बनमा परेका छन् ।
भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा सप्तरीको बलान विहुल वडा नम्बर ३ का हरिकृष्ण साह र रामकृष्ण यादवलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका जवान गणेश चौधरीलाई एक महिनाका लागि निलम्बन गरिएको सप्तरीका एसएसपी उद्धव न्यौपानेले बताए ।
ती दुई युवामाथि नेपाल–भारत सीमाको बलान खोलामा चैत १६ गते दिउँसो कुटपिट भएको थियो । कुटपिटको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरीलाई कारवाहीको लागि दवाव परेको थियो ।
प्रतिक्रिया दिनुहोस्