
एजेन्सी । कोरोनाको संक्रमणबाट बच्न मानिसहरु आफ्नै घरको क्वारेन्टाइनमा बस्न बाध्य छन् । तर, केहीले घरमै भए पनि आफूलाई स्वस्थ आफ्नो दैनिक व्यायाम भने छाडेका छैनन् । एक स्पेनिस खेलाडीले आफ्नै घरमा ६१ किलोमिटर दौडेर सबैलाई चकित पारे ।
४१ वर्षीय ह्याभियर कास्ट्रोभर्डे स्पेनको गालिसियाका खेलाडी हुन् । कोरोनाको प्रकोपका कारण उनी पनि आफ्नै घरमा बस्न बाध्य छन् । तर, घर बस्दा उनले आफूलाई स्वस्थ राख्न नियमित ब्यायाम र प्रशिक्षण गरेका छन् ।
आफ्नो सानो अपार्टमेन्टमा उनले १० घण्टामा ६१ किलोमिटरको म्याराथन पुरा गर्न सफल भएका छन् । उनले स्मार्टफोनको एपमा आफ्नो उपलब्धिलाई सबैसँग सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । यसअघि चीनका एक धावक पान सान्चुले आफ्नै घरमा ५० किलोमिटर दौडेका थिए ।
प्रतिक्रिया दिनुहोस्