Logo

कोरोना संक्रमणबाट विश्वभर १ लाख ६५ हजार मानिस निको भएर घर फर्किए



Spread the love

एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै छ। संसारका विभिन्न मुलुकका एक लाख ६५ हजार जना कोरोना संक्रमित निको भइसकेका छन्।

कोरोना भाइरसको उद्गम स्थान चीनका ८१ हजार ५ सय १८ संक्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन्। त्यहाँ संक्रमणका कारण हालसम्म ३३ सय ५ जनाले ज्यान गुमाए । यस्तै संक्रमणबाट इटालीमा १४ हजार बढी निको भएका छन् भने अर्को युरोपेली मुलुक स्पेनमा पनि १६ हजार बढी यसको संक्रमणबाट मुक्त भइसकेका छन्। जर्मनीमा पनि साढे १३ हजार मानिस निको भएर घर फर्किदा इरानमा भने १३ हजार ९ सय ११ जना निको भएका छन्। त्यस्तै , फ्रान्समा संक्रमितको संख्या ४४ हजार ५ सय ५० रहेको छ भने करिब ८ हजार निको भएको छन् ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको अमेरिकामा संक्रमणको दर अरु मुलुकको तुलनामा दोब्बर रहेको छ ।पछिल्लो २४ घण्टामा अमेरिकामा ५७३ जनाको मृत्यु भएको छ भने थप १९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार एक सय ५६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ६३ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्