Logo

कोरोना संक्रमणबाट टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने डाक्टरको पनि निधन



Spread the love

एजेन्सी । अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ।

अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डाक्टर गूडरिचले ब्रोंक्स अस्पतालमा पेडियाट्रिक न्यूरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताए। त्यस्तै अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा पनि उनले लामो समय न्यूरोलोजिकल सर्जरी, पेडियाट्रिक्स तथा प्लास्टिक सर्जरीका विषयमा प्राध्यापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्