Logo

सप्तरीमा लाठीले हान्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान थालिने



Spread the love

१७ चैत, चितवन । सप्तरीमा दुई जनामाथि कुटपिट गर्ने सशस्त्र प्रहरीमाथि अनुसन्धान सुरु गर्नको लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

आइतबार लकडाउन उल्लंघन गरेको भन्दै प्रहरी जवानले दुई जनामाथि निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनालाई लिएर धेरै गुनासो आएपछि एसएसपी गणेश राणामगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो।

प्रतिक्रिया दिनुहोस्