Logo

मेसीसहित बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब नलिने



Spread the love

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब कटौती गर्न राजि भएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण क्लबमा परिरहेको आर्थिक संकट कम गर्न सकियोस् भनेर क्लबले गरेको प्रस्तावमा खेलाडीहरु सहमत भएका हुन्।

कप्तान लिओनल मेसीले खेलाडीहरु ७० प्रतिशत तलब कटौती गर्न सहमत भएको बताए । मेसीले सोमबार इन्स्टाग्राममा यसबारे लामो सन्देश पोस्ट गरेका छन् । फुटबल गतिविधि ठप्प हुँदा युरोपभर नै क्लबहरु आर्थिक संकटमा परिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्