
१७ चैत, भारत – भारतमा अहिले लागु भएको लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ । भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो ।
सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ ।
सञ्चारमन्त्री राजीव गौबाले लकडाउनको म्याद थप्ने आशङ्काको सोमबार खण्डन गरे । भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएपछि सरकारले लगाएको देशव्यापी लकडाउन मङ्गलबार राति सकिन लागेको छ ।
सरकारले लकडाउन लम्ब्याउन लागेको हल्ला व्यापक चलेपछि सरकारको तर्फबाट सो हल्लाको खण्डन गरिएको हो । मन्त्री गौबाले भने “सरकारले २१ दिने लकडाउन लम्ब्याउन लागेको छ भनेर व्यापक हल्लाहरु भै राखेको छ, ति सबै हल्ला गलत हुन्, तोकिएको मितिमा लकडाउन अन्त्य हुनेछ ।”
भारतमा लकडाउन लागु गरिएपछि मजदूर तथा गरिव वर्गलाई नराम्ररी मर्का परेको भन्दै आलोचना भइरहेको छ ।