Logo

टोकियो ओलम्पिक २०२१ को जुलाईमा हुने



Spread the love

१७ चैत, एजेन्सी – कोरोना भाइरसका कारण सर्ने निश्चित भएको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । कोरोनाको विश्वव्यापी प्रभावका कारण सरेको ओलम्पिक अब २०२१ मा हुने भएको छ ।

अन्तराष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि सार्वजनिक मिति अनुसार ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुने छ ।

जापानी प्रधानमन्त्री सिञ्जो आवे लगायत विभिन्न राष्ट्रले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई ओलम्पिक सार्न प्रस्ताव गरेपछि कमिटिले यो निर्णय गरेको हो

प्रतिक्रिया दिनुहोस्