Logo

उपचारपछि स्वस्थ भए बेलायतका राजकुमार चार्ल्स



Spread the love

१७ चैत, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका बेलायतका राजकुमार चार्ल्स स्वस्थ भएक छन् ।

कोरोना संक्रमित भएपछि चार्ल्स आइसोलेसनमा बसेका थिए । सात दिनको सेल्फ आइसोलेसनपछि चार्ल्स बाहिर निस्किएको विदेशी सञ्चारमाध्यमहरुले बताएका छन् ।

चार्ल्स यति बेला सरकारले लागू गरेको लकडाउनको नियम पालना गरिरहेका छन्।

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसन पनि कोरोनाबाट संक्रमित भएका छन् । उनी अहिले घरमै क्वारेन्टाइन बसेका छन् ।

हालसम्म बेलायतमा १९ हजार ५२२ कोरोनाबाट संक्रमित भएक छन् भने १२ सय २८ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्