Logo

भारतीय सरकारलाई राहुल गान्धीको सुझाव



Spread the love

१७ चैत, एजेन्सी । विश्वभर फैलिएको कोरोनाको असर भारतमा पनि तीव्र गतिले फैलिरहेको छ । भारतमा ११०० भन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन् । यस अवस्थामा भारतीय कांग्रेसले कोरोनाको महामारीबाट बच्न सुझाव दिएको छ । राहुल गान्धीले दिएको सुझाब कांग्रेसले ट्विटरमार्फत् जानकारी दिएको छ ।

राहुल गान्धीले कोरोनाको टेस्ट बढाउन अाग्रह गरेका छन् । भारतमा कोरोनाको टेस्ट गर्नको लागि सयभन्दा बढी सरकारी ल्याबले काम गरिरहेका छन् । तर अहिले सबै सूचारु रुपले काम गरेका छैनन् । भारतमा आजसम्म २५ हजार टेस्ट भइसकेको छ ।

कांग्रेस पार्टीले सोमबार ट्विट गर्दै भनेको छ, “कोरोनाको महामारी गम्भीर अवस्थामा पुगेको छ । तर यसबाट भयभित नभई संयमित भई काम गर्नु पर्दछ । सरकारलाई रणनीतिक स्तरबाट यस समस्यालाई सुल्झाउनु पर्दछ । ” यसका साथै कांग्रेसले केही सुझाब पनि ट्विट मार्फत् दिएको छ ।

१. सामाजिक सुरक्षालाई बलियो बनाऔँ, प्रत्येक सार्वजनिक संसोधनको प्रयोग गरौँ ।
२. गरिबलाई सहयोग तथा आश्रय दिऔँ ।
३. बेड र भेन्टिलेटर भएको अस्पतालको स्थापना ।
૪. आवश्यक उपकरणको निर्माण
५. वास्तविक स्थितिको पत्ता लगाउन टेस्ट बढाउने ।

कांग्रेस नेता राहुल गान्धीले कोरोना भाइरसविरुद्ध सरकारालाई जागरुक गराइरहेका छन् । यसभन्दा पहिले उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा चिठी लेखी कांग्रेसका कार्यकर्ता पनि कोरोना विरुद्धको लडाइँमा सरकारको साथमा रहेको बताएका थिए । यसको साथसाथै उनले केही सुझाब पनि दिएका थिए ।

राहुल गान्धीले चिठीमा अधिकांश मानिसहरुले लकडाउनको पालना गरेका छन् । तर लकडाउनले सबैभन्दा बढी समस्या गरिबलाई परेको छ । यस्तो अवस्थामा गरिब मानिसलाई सहयोग गर्नुपर्दछ भनी जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्