Logo

अनौठो गन्ध आएपछि बीचबाटै फर्किए स्वास्थ्य सामाग्री लिएर उडेका जहाज



Spread the love

१७ चैत, काठमाडाैँ – कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनबाट ल्याइएका सामान लिएर उडेको स्काइ ट्रक बीचबाटै फर्किएका छन् । धनगढी र विराटनगरका लागि सामग्री लिएर उडेका २ विमान पुनः काठमाडाैँ नै फिर्ता भएका हुन् ।

विमानका पाइलटले बताए अनुसार सामानबाट अनाैठो गन्ध आएको र यस्तो अवस्थामा गन्तव्यमा जान नसकिने भएकाले ती ट्रक त्रिभुवन विमानस्थल नै फर्किएका हुन् ।

विमानमा के को गन्ध आएको भन्ने यकिन नभएता पनि विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने स्यानिटाइजरको गन्ध आएको बताएका छन् ।

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री ७ वटै प्रदेशका लागि वितरण गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्