Logo

कोरोना संक्रमणबाट जापानी कमेडियन शिमुराको निधन



Spread the love

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट जापानी कमेडियन केन शिमुराको निधन भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमण देखिएपछि निमोनिया भएको थियो ।

अस्वस्थ महसुस भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको जापानी संचार माध्यमले जनाएको छ।

शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो। सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन। सोमबार बिहानसम्म जापानमा कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्