Logo

चैत ६ गते कुवेतबाट आएका युवतीसहित पाँच जनाको रिपोर्ट नेगेटिभ



Spread the love

१७ चैत, काठमाडौं । कुवेतबाट चैत ६ गते कोरोना संक्रमित युवतीसँग आएकी दाङकी एक युवतीसहित पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ।

दाङको बबई गाउँपालिका निवासी १९ वर्षीया एक युवतीसहित थप चार जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए। आइसोलेसनमा उपचाररतः थप एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको शर्माले बताए।

कोराना भाइरसको आशंका गरिएका र बेलझुण्डी अस्पतालको आइसोलेसनमा उपचाररतः सबैको नमुना संकलन गरि स्वाब परीक्षणको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्