
१७ चैत, काठमाडौं । सहरी क्षेत्रका श्रमिकहरूलाई एक महिनाको घर भाडा छुट गर्न सरकारले सम्बन्धित घरधनीलाई आग्रह गरेको छ। मन्त्रिपरिषद बैठकले एक महिनाको घर भाडा छुट दिँदा घरभाडा करमा समेत सरकारले छुट दिने निर्णय गरेको हो।
त्यस्तै निजी विद्यालयहरूले माध्यामिक तहसम्मको एक महिनाको शुल्कमा आवस शुल्कबाहेक सबै छुट दिने पनि बैठकले निर्णय गरेको छ। त्यसैगरी सरकारले कोरोना रोकथामका लागि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्रत्यक्ष जोडिएका सुरक्षाकर्मीलाई आगामी असार मसान्तसम्मका लागि २५ लाखको नि:शुल्क बिमा दिने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्