Logo

चिनियाँ राष्ट्रपतिलाई प्रचण्डको पत्र- कोरोनाविरुद्ध नेपाललाई सहयोग गर्न आग्रह



Spread the love

१६ चैत, कठमाडौं । कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको नियन्त्रणका लागि सहयोग गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन्। राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् । साथै पत्रमा प्रचण्डले नेपाल कोरोनाको महामारीसँग जुधिरहेकाले सहयोगका लागि आग्रह गरेका छन्।

पत्रमा उनले नेपाल अहिले कोरोनाको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको अपेक्षासमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्