Logo

पूर्व खेलाडी गौतम गम्भिरले गरे कोरोना विरुद्धको लडाइँमा १ करोड भारु सहयोग



Spread the love

१६ चैत, एजेन्सी । पूर्व भारतीय क्रिकेट खेलाडी तथा बीजेपीका सांसद गौतम गम्भिरले कोरोना विरुद्धको लडाइँमा १ करोड भारु सहयोग गरेका छन् ।

उनले प्रधानमन्त्री राहत कोषमा १ करोड भारु सहयोगका साथै एक महिनाको तलब पनि प्रधानमन्त्रीको राहत कोषम जम्मा गरेका छन् ।

भारतमा कोरोना संक्रमितको सङ्ख्या बढिरहेको छ । देशको अवस्था नाजुक हुँदै गएको र हामी सबै मिलेर कोरोना विरुद्ध लड्नुपर्ने बताएका छन् ।

यसभन्दा पहिला बलिउडका कलाकार अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरिसकेका छन् । खेलाडी सचिन, इरफान पठान, यूसुफ पठान र धोनीले पनि कोरोना विरुद्धको लडाइँमा साथ दिइसकेका छन् ।

यसै गरी कोरोना भाइरसविरुद्ध लड्नको लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि जुटेको छ । बीसीसीआईले शनिबार ५‍१ करोड भारु प्रधानमन्त्री राहत कोषम जम्मा गरेको छ ।

टाटा कम्पनीका साहु रतन टाटाले शनिबार ट्विट गर्दै ५०० करोड भारु दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्