Logo

कोरोना कहर – रोनाल्डोसहित युभेन्टसका प्रशिक्षक र खेलाडीले चार महिनाको तलब नलिने



Spread the love

एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण स्थगित भएको सिरी ए क्लव युभेन्टस क्लवका प्रशिक्षक र खेलाडीले आफ्नो तलवमा कटौती गर्न भएका छन् । लिग बन्द भएपछि आर्थिक रुपमा ठूलो घाटा भएपछि क्लवले खेलाडी र प्रशिक्षकको चार महिनाको तलव कटौती गरेका हुन् । तलब कटौतीसँगै क्लवलाई ९० मिलियन युरो बचत हुने बताइएको छ ।

अप्रिल तीन तारिखसम्मका लागि स्पेनमा सबै खेलकुद गतिविधि बन्द रहेको छ । युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, वेल्सका आरोन राम्सेले मार्चदेखि जुनसम्मको तलव नलिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्