Logo

कोरोना भाइरसबाट बिरालो पनि संक्रमित !



Spread the love

एजेन्सी । बेल्जियममा बिरालोमा पनि कोरोना भाइरसलो संक्रमण भेटिएको छ । एक महिलाका कारण बिरालोमा पनि कोरोना भेटिएको एफपिएस पब्लिक हेल्थले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्रोफेसर स्टीभेन भ्यान हचले भनेका छन्,’भेटनरी मेडिसिन फ्याकल्टीले बिराले कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेको छ । उक्त बिरालो आफ्नी मालिक्नीसँग बस्दै आइरहेको थियो । आफ्नी मालिक्नीसँगमात्र बस्दै आइरहेको बिरालोमा केहि दिन अघि कोरोनाका लक्षणहरु देखिएका थिए ।’

बिरालोमा कोरोना भाइरसको संक्रमण भेटिएको यो पहिलो घटना हो । यसअघि भने हङकङमा दुई कुकुरमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्