Logo

लकडाउनको छैटौ दिन आज पनि देशभरको अवस्था सुनसान



Spread the love

१६चैत, काठमाडौँ। राजधानी लगायत देशभर नै कोरोना भाइरसविरुद्धको लकडाउन प्रभावकारी बन्दै गएको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गरेको भन्दै शनिबारमात्र १३१ सवारी नियन्त्रणमा लिएको थियो ।

महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको छैटौ दिन मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । पश्चिम नेपालका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज, पोखरा र बुटवल बजार विगतका दिनभन्दा शनिबार झन् ठप्प भएका थिए । धनगढी र बाग्लुङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेपछि लकडाउन थप प्रभावकारी बनेको हो ।

प्रतिक्रिया दिनुहोस्