Logo

हजारौंको ज्यान बचाएकी कमला आफु भने डाक्टरको लापरबाहीले गर्दा ज्यान गुमाउनु पर्‍यो



Spread the love

 

“गुल्मी जिल्ला मालिका गाउपालिका वडा न. ४ मा जन्मनु भएकी कमला अर्याल (भट्टराई)ले आफ्नो आधा जीवन स्वास्थ्य सेवामा बिताउनु भयो। आफ्नो अध्ययन समाप्ती लगत्तै सरकारी सेवामा प्रवेश गरेकी कमला अ.हे.व पदमा रही करीब १८ वर्ष यही क्षेत्रमा बिताउनु भयो। कहिले पहाडका विकट गाउँहरु, दलित गरीब वस्तिहरु,  मधेशका पिछडिएका वस्तिहरुमा समेत सेवा गर्नुभयो। उहाँ रात-दिन, जाडो-गर्मी केही नभनी बिरामीको सेवा गर्न जस्तो सुकै ठाउमा पनि पुग्नुहुन्थ्यो। समझदार सोच भएकी उहाँ बिरामीका जस्ता पिडा पनि बुझ्ने भएकाले बुढाबुढी महिला बालबालिका सबैको आँखामा रातिगेडी हुनुहुन्थ्यो।

जन्मदै उहाँको नाकको हड्डी अलिकती बांगो थियो र उहाँ पिनासबाट पनि ग्रसित हुनुहुन्थ्यो। जसका कारण उहाँलाई यसको असर सामान्य बेला बेलामा हुने गर्थ्यो। डाक्टरलाई जाच गराउदा सल्यक्रिया गर्नुभयो भने सहज हुने कुरा बताए। उहाँ आफु स्वयम यसै क्षेत्रमा कार्यरत रहेकाले पनि उहाँ सामान्य सल्यक्रिया गर्ने कुरामा सहमत हुनुभयो। उपचारको क्रममा ईएनटि विशेषग्य डा. खोज्दै ॐ अस्पातलमा पुग्नुभयो। डा. राजेन्द्र गुरागाइको टिमले उहाँको शल्यकृया गर्न दुई घण्टा जती लाग्ने कुरा गर्दै कोठामा लग्यो र एक घण्टामै शल्यकृया समाप्त भयो। शल्यकृया पश्चात पोस्ट अपमा स्वस्थ्य निस्कियकी उहाँलाई वान्ता हुन थाल्यो, निरन्तर नाकबाट रगत बग्न थाल्यो अनि पिसाब पनि रोकियो। उहाँको स्वास्थ्य झनझन नाजुक बन्दै गयो। उहाँका आफन्त लगायत नर्सहरुले बारम्बार अस्पताल प्रशासनलाई आग्रह गर्दा पनि लामो समयसम्म कुनै डाक्टर आएनन।

डाक्टर आउने समयसम्म बिरामीको स्वास्थ्य निकै गम्भिर बन्छ। उहाँलाई सुधारको निउमा जथाभावी औषधी र ईन्जेक्सन प्रयोग गरिन्छ। जसको असर उहाँको शरीरका सवेदनशिल अङगह्हरु मुटु, मिर्गौला, कलेजो, फोक्सो सबै ड्यामेज हुन पुग्छन। यस्तो घटना हुनुमा सत प्रतिशत नै डाक्टरको लापरबाही रहेको छ।

डाक्टरलाई भगवान र अस्पताललाई मन्दिर सम्झिएर अस्पताल आउने बिरामीहरु, ॐ अस्पताल धेरै बिरामीहरुको मन्दिर होइन मानव वधशाला जस्तो बनेको छ। पटक पटक यस्ता घटनाहरु घटिरहदा पनि माफि दिने प्रब्रितिले गर्दा कमला जस्ता धेरै बिरामीले आफ्नो ज्यान अकालमा गुमाउनु परेको छ। यसरी अरुको जीवनमाथि खेलवाड गर्ने डाक्टर तथा यस्ता गैरजिम्मेबार अस्पतालहरुलाई बन्द गर्नुपर्छ। सरकार मौन रहेपनि हामी जनताह्हरु पनि यस्तो घटना हुँदा मौन रह्यौ भने भोली हामी जनताहरुले नै यस्तो पिडा भोग्नुपर्छ ।

तसर्थ यस्तो लापरबाही गर्ने डाक्टरहरुलाई कडाभन्दा कडा करबाही गर्नुपर्छ, उनिहरुको लाईसेन्स पनि खारेज गर्नुपर्छ, सरकार पनि यस्ता घटनाहरु हुँदा मौन बस्नुहुन्न। “

सम्बन्धित समाचार ।

 

अस्पतालको चरम लापरबाही, एक महिलाको मृत्यु (हेर्नुहोस् भिडियो सहित!)

केही बोल न…….. किन मुस्कुराई मात्र रहन्छौ ???

 

 

 

प्रतिक्रिया दिनुहोस्