Logo

अस्पतालको चरम लापरबाही, एक महिलाको मृत्यु (हेर्नुहोस् भिडियो सहित!)



Spread the love

काठमाडौं- चावहिल स्थित ओम अस्पतालको लापरबाहीका कारण नाकको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ।
चार दिन अघि नाकको कुरकरे हाडको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको आज दिउँसो मृत्यु भएपछी अस्पताल तनाव ग्रस्त बनेको हो। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले नारा जुलुश गरेका थिए।

नाकको शल्यकृयापछी उनको निधन भएको थियो। मृतकका आफन्त विदुर दाहालले भने, रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधी किन्न लगाए, डाक्टरले अत्यधिक औषधीकै कारण मृगौला फेल भयो भने । अस्पतालले मृत्युको स्पष्ट कारण नदिए डाक्टरविरुद्ध कानुनी उपचार खोजिने बिरामीका आफन्तले चेतावनी दिएका छन् ।

अस्पताल प्रशासनले भने डाक्टरको लापरबाहीले बिरामीको मृत्यु नभएको दावी गरेको छ । अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले नाक संवेदनशील अंग भएकाले शल्यक्रिया गर्दा कहिले काँही बिरामीलाई बचाउन नसकिने जवाफ दिएका छन् ।

(भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस्)

https://www.youtube.com/watch?v=AIyS4KicEMw

 

संबन्धित समाचार ।

हजारौको ज्यान बचाएकी कमला आफु भने डाक्टरको लापरबाहीले गर्दा ज्यान गुमाउनु पर्‍यो

प्रतिक्रिया दिनुहोस्