Logo

सम्झनामा प्रकाश दाहाल (तस्बिर- वाल्यकाल देखि अहिलेसम्म)



Spread the love

हृदयघातका कारण आज बिहानै थापाथली स्थित नर्भिक अस्पातालमा मृत्यु भएका प्रकाश दाहालको परिवार यति बेला शोकाकुल छ। उनकी आमाको अवस्था पनि गम्भीर बन्दै गैरहेको खबर आइरहेका छन् भने आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा रहेका उनको पार्टी र विशेषगरी उनका पिता प्रचण्डलाई ठुलो क्षति पुग्न गएको छ । प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । छोराको दुखद खबर सुन्ने बितिकै उनी अहिले बिराटनगरबाट काठमाडौँ आउँदै छन् र अस्पताल प्रशासनले उनी आएपछि मृत्युको घोषणा गर्ने जनाएको छ । उनकी श्रीमती विना मगर पनि कन्चनपुरबाट बाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि उमेद्वार छिन र पतिको खबर सुन्ने बितिकै उनी पनि अहिले नै काठमाडौँ आउँदै छिन ।

उता दिदी रेणु दाहाल पनि अहिले नै काठमाडौँ आउँदै छिन, उनी भरतपुर महानगपालिकाकी मेयर हुन् । यस्तै बाम कार्यकर्ता लगायत विभिन्न दलका नेता कार्यकर्ताहरूले दुख प्रकट गरिरहेका छन् । साथै अहिले अस्पताल परिसर वरिपरि नेता कार्यकर्ता विशेष गरी माओवादी नेताकार्यकर्ताहरुको घुइचो लागिरहेको छ ।

अहिले उनको मृत्युको खबर सर्वत्र फैलिनु र मान्छेहरूको घुइचो लाग्नुमा प्रचण्डपुत्र भएर त हुँदै हो । तर, उनको जीवन शैली तथा पार्टीमा गरेका कार्यहरुले गर्दा बढी हो । उनी प्रचण्डका छोरा नभएर सर्वसाधारण जनता भएर बाच्न चाहन्थे । र त्यही कमजोरीलाई विपक्षले मिदियाबाजी गरे । जुन चर्चाको विषय बन्न पुग्यो । उनी जनयुद्दका एक कुशल सिपाही पनि थिए ।  र त उनका पिताले नेतृत्व गरेको पार्टीको अगुवाइमा देशमा गणतन्त्र सम्भव भयो । यदि उनको सहयोग नहुदो हो त, पक्कै पनि पिताको सफलता सोच्न मात्रै सकिन्थ्यो । उनका कमजोरी पनि थिए जसले उनी चर्चाको पात्र बने ।

 

 

 

 

 

 

सम्बन्धित समाचार

यस्तो छ प्रचण्डलाई ओलीको पत्र

को र कस्ता थिए त प्रकाश दाहाल ?

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रकाश दाहालको निधनमा नर्भिक अस्पतालमा देखिएका तस्विरहरु

प्रतिक्रिया दिनुहोस्