Logo

को र कस्ता थिए त प्रकाश दाहाल ?



Spread the love

३ मंगसिर, २०७४- काठमाडौँ

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको निधन भएको छ। गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको हृदयघातका कारण अल्पआयुमै निधन भएको छ।

प्रकाश, प्रचण्डका सन्तान मध्ये एक्लो छोरा थिए। तीन छोरी रहेकोमा जेठी छोरी ज्ञानु दाहालको क्यानसर रोगबाट निधन भएको थियो। तत्कालिन नेकपा माओबादी युद्दमा होमिदा प्रचण्ड पुत्र हुनुको नाताले उनको परिवार नै त्यसमा लागेको थियो| जसकारण उनले पढ्ने लेख्ने उमेरमा, अझ भनौ कलम समाउने हातले बन्दुक समाउनु परेको थियो| प्रचण्ड पुत्र भएकै कारण चर्चा र विवादमा आइराखने उनले  पार्टीमा  पनि ठुलो योगदान गरेका थिए| विशेषगरी उनले पार्टी र त्यसअन्तर्गत हुने गरेका कामहरुको सुचना सम्प्रेषणमा ठुलो भूमिका खेलेका थिए| प्रचण्डका छोरा भएका कारणले मात्रै नभएर उनले व्यक्तिगत तवरले पनि पार्टीका लागि योगदान गरेका थिए| पछिलो समय उनले दाहालको सचिवालयमा काम गर्दै आएका थिए|

हृदयघातका कारण आज बिहानै थापाथली स्थित नर्भिक अस्पातालमा मृत्यु भएका प्रकाशको परिवार यति बेला शोकाकुल छ| उनकी आमाको अवस्था पनि गम्भीर बन्दै गैरहेको खबर आइरहेका छन् भने आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीमा रहेका उनको पार्टी र विशेषगरी उनका पिता प्रचण्डलाई ठुलो क्षति पुग्न गएको छ | प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् | छोराको दुखद खबर सुन्ने बितिकै उनी अहिले बिराटनगरबाट काठमाडौँ आउँदै छन् र अस्पताल प्रशासनले उनी आएपछि मृत्युको घोषणा गर्ने जनाएको छ | उनकी श्रीमती विना मगर पनि कन्चनपुरबाट बामगठबन्धनबाट प्रतिनिधिसभाका लागि उमेद्वार छिन र पतिको खबर सुन्ने बितिकै उनी पनि अहिले नै काठमाडौँ आउँदै छिन | उता दिदी रेणु दाहाल पनि अहिले नै काठमाडौँ आउँदै छिन, उनी भरतपुर महानगपालिकाकी मेयर हुन् | यस्तै बाम कार्यकर्ता लगायत विभिन्न दलका नेता कार्यकर्ताहरूले दुख प्रकट गरिरहेका छन् | साथै अहिले अस्पताल परिसर वरिपरि नेता कार्यकर्ता विशेष गरी माओवादी नेताकार्यकर्ताहरुको घुइचो लागिरहेको छ|
अहिले उनको मृत्युको खबर सर्वत्र फैलिनु र मान्छेहरूको घुइचो लाग्नुमा प्रचण्डपुत्र भएर त हुँदै हो तर उनको जीवन शैली तथा पार्टीमा गरेका कार्यहरुले गर्दा बढी हो| उनी प्रचण्डका छोरा नभएर सर्वसाधारण जनता भएर बाच्न चाहन्थे| र त्यही कमजोरीलाई विपक्षले मिदियाबाजी गरे| जुन चर्चाको विषय बन्न पुग्यो| उनी जनयुद्दका एक कुशल सिपाही पनि थिए र त उनका पिताले नेत्रित्यो गरेको पार्टीको अगुवाइमा देशमा गणतन्त्र सम्भव भयो| यदि उनको सहयोग नहुदो हो त, पक्कै पनि पिताको सफलता सोच्न मात्रै सकिन्थ्यो| उनका कमजोरी पनि थिए जसले उनी चर्चाको पात्र बने|

र अन्त्यमा, हामीले एक पटक सोच्ने विषय के हुन सक्छ भने ‘प्रकाश’ प्रचण्डका छोरा मात्रै हैनन| उनी पनि त एक मानव नै हुन्| उनमा पनि त विभिन्न इच्छा आकांक्षा थिए होलान| उनी पनि सर्वासाधारको जस्तै जीवन जिउन चाहन्थे होला| तर यही विषयमा प्रकाशले पनि के सोच्न सक्नु पर्थ्यो भने, अब म सर्वसाधारण रहिन| म युद्धको एक कुशल सिपाही हु, मेरा पिता  कुशल कमान्डर र देशको प्रधानमन्त्री भैसकेका मान्छे| म एक राजनीतिक परिवारमा हुर्केको हु र मैले गर्ने हरेक राम्रा अनि नराम्रा क्रियाकलापले मेरो व्यक्तिगत जीवनमा मात्रै नभएर परिवारका सदस्य र संस्थामा पनि प्रभाव  पार्छ|
खैर, यी वितेका कुरालाई लिएर कसैमाथि टिकाटिप्पणी गर्नु त्यति समय सान्दर्भिक नहुन सक्छ| उनी को थिए र हामी को हौ त्यो सोचौ|
उनको आत्माले शान्ति पाओस, उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस! हार्दिक श्रद्धाञ्जली! अनि परिवारजनमा गहिरो समवेदना !!

सम्बन्धित समाचार

सम्झनामा प्रकाश दाहाल(तस्बिर- वाल्यकाल देखि अहिलेसम्म)

प्रचण्डपुत्र प्रकाश दाहालको निधन 

प्रकाश दाहालको निधनमा नर्भिक अस्पतालमा देखिएका तस्विरहरु

 

प्रतिक्रिया दिनुहोस्